टायर रिसोलिङ सेन्टरमा आगलागी: ७ करोड बराबरको क्षति

0
shares

by Soni Sharma | Updated: 16 May 2019

69 views
साङ्केतिक तस्बिर

२ जेठ दोलखा।भिमेश्वर नगरपालिका वडा नम्बर ३ बसपार्कमा रहेको त्रिपूरा रिहाना टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

शम्भु भनेर चिनिने टुनाबहादुर खत्रीको घरमा आफैँले संचालन गरेको रिसोलिङ सेन्टरमा बिजुली सर्ट भइ गएराति साढे १ बजे आगलागी भएको थियो।रिसोलिङ सेन्टर पूर्ण रुपमा जलेर नष्ट भएको छ। 

आगलागीमा परेर खत्रीकी श्रीमती ५५ वर्षीया राधा खत्री र २५ वर्षीय छोरा राजु खत्री सामान्य घाइते भएका छन्।घाइतेको चरिकोटमा रहेको छोरोल्पा जनरल अस्पतालमा उपचार भइरहेको दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो।  दम्कलसहित स्थानीय सुरक्षाकर्मी र स्थानीयवासीन्दाको सक्रियतामा बिहान सवा ५ बजे आगो नियन्त्रणमा आएको थियो।