तस्बिर साभार वेब

तस्करलाई सहयोग पुर्याउने एक असईसहित चार प्रहरी निलम्बन

Hollywood Khabar June 03,2020 Comments

२२ जेठ जनकपुर।प्रदेश नम्बर २ का एक जना प्रहरी सहायक निरीक्षक (असई)सहित चार जना प्रहरीलाई निलम्बन गरिएको छ।सर्लाहीको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत चारै जनालाई बुधबार निलम्बन गरिएको प्रदेश नम्बर २ का प्रदेश प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए।

भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता र आर्थिक अपराधविपरीत उनीहरूले तस्करलाई सहयोग पुर्‍याएको आरोपमा निलम्बन गरिएको डिआइजी सिंहले बताए। उनीहरूले भारततर्फ सामान ओहोरदोहोर गर्ने तस्करहरूसँग आर्थिक लाभ लिई सहयोग गर्दै आएको प्रमाण फेला परेपछि निलम्बन गरिएको डिआइजी सिंहले बताए।

निलम्बनमा पर्नेमा प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवल्दार विजय साह , चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिवारी रहेका छन्।