तस्बिर साभार वेब

तरुण दलले बुझायो जिप्रका कैलाली मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र

Hollywood Khabar May 30,2020 Comments

१८ जेठ धनगढी।रुकुम पश्चिममा भएको घटनाका दोषीलाई कार्वाहीको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल कैलालीले आइतबार जिल्ला प्रशासन कैलाली मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।रुकुम पश्चिमको चौरझारी नगरपालिका वडा नम्बर ८ सोतीमा ६ जनाको हत्या हुने गरी भएको घटनाका दोषीलाई कानूनी कठघेरामा ल्याई कारवाहीका लागि तरुण दल कैलालीले ज्ञापन पत्र बुझाएको हो । सोतीका गाउँलले नवराज विक लगायत ६ जनाको हत्या गरेको घटनाले नेपाली जनतालाई लज्जीत बनाएको ज्ञापन पत्रमा उल्लेख छ ।

घटनाले मानव अधिकारको उल्लंघन मात्रै नगरेर वर्तमान संविधान ऐन कानूनको धज्जी उडाएको ज्ञापन पत्रमा भनिएको छ । 
तरुण दल कैलालीले घटनाको सत्यतथ्य छानविन गरी हत्या गरिएका व्यक्तिलाई शहीद घोषणा गर्न, पीडित परिवारलाई राहत र क्षतिपूर्ति,दोषीलाई ज्यान मुद्धा र जातीय भेदभाव सम्बन्धी कसुरको मुद्धा चलाउन समेत माग गरिएको छ ।