-नेपाल तरुण दल अमेरिकाले जुन १५ मा जागरण अभियानको कार्यक्रम गर्ने

नेपाल तरुण दल अमेरिकाले जुन १५ मा जागरण अभियानको कार्यक्रम गर्ने

Hollywood Khabar June 01,2019 Comments

कृष्ण के सी/अमेरिका/६/२/१९
 
नेपाली कांग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियानलाइ समर्थन गर्दै नेपाल बाहिर पनि जागरण अभियान हुन थालेका छन्। यसै शिलसिलामा मे २६, २०१९ मा सान फ्रान्सिस्कोमा पहिलो जागरण अभियान सम्पन्न भयो। नेपाली जनसम्पर्क समिति अमेरिकाको नर्दन क्यलिफ़ोर्निया च्याप्टरले आयोजना गरेको गरेको अत्यन्तै फरक तरिकाले सम्पन्न उक्त कार्यक्रममा काङ्ग्रेसका बिज्ञहरुले प्रस्तुति गरेका थिए।
 
त्यसैगरी नेपाल तरुण दल अमेरिकाले पनि आफ्नो मातृ पार्टी नेपाली काँग्रेसले संचालन गरेको राष्ट्रिय जागरण अभियानलाई विशेष सहयोग पुर्याउने उदेश्यले अमेरिकाका बिभिन्न शहरमा जागरण अभियान संचालन गर्ने भएको छ।
दलका न्यूयोर्क शाखाका अध्यक्ष अनन्त राज सुबेदीबाट हलिउडखबरलाइ प्राप्त जानकारी अनुसार न्यूयोर्कमा पहिलो कार्यक्रमा हुने छ। जुन १५ २०१९ मा आयोजित उक्त जागरण अभियान दिनको १ बजे देखि थकाली किचेन 74-14 37th Ave, Jackson Heights, NY 11372 मा हुनेछ। कार्यक्रममा नेपाली काँग्रेसका सदस्य, समर्थकहरु र नेपाली समुदाय सबैलाई निमन्त्रणा गरिएको छ।