-तस्विर वेब

तेल चोर्न नपाउदा आन्दोलन

Hollywood Khabar December 09,2018 Comments

२४ मंसीर काठमाण्डौं।तेल चोर्न इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे।नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेको छ।यसपछि चालकले तेल चोर्न पाएका थिएनन्।अहिले एक दिनमै करोडौं मूल्यको तेल‘चोर्न’ पाउनुपर्ने उनीहरूको माग छ।नेपाल पेट्रोलियम ट्यांकर चालक संघले प्रत्येक ट्यांकरका पाँचवटै च्याम्बरमा तीन सेन्टिमिटरसम्म तेल मिलाउन पाउनुपर्ने माग राखेको हो।तीन सेन्टिमिटरमा ९० लिटर तेल अट्छ।

देशभरिका एक हजार आठ सय ट्यांकरले तीन सेन्टिमिटर ‘तेल मिलाउँदा’ प्रतिदिन डिजेल र पेट्रोलमा चार करोडभन्दा बढी मूल्यको तेल हिनामिना हुन्छ।निगम स्रोतका अनुसार ट्यांकरमा लकिङ प्रविधि जडानपछि विराटनगरको एउटा अपवाद घटनाबाहेक चालकहरूले तेल चोरी गर्न पाएका थिएनन्।यसपछि नै उनीहरूले क्षेत्रीय डिपोहरूमा चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका हुन्।निगमले चालकहरूको माग पूरा गरे तीन सेन्टिमिटर मिलाउने नाममा प्रतिदिन करोडौं घोटाला हुन्छ।एक खेपमा मात्रै प्रतिट्यांकर डिजेलतर्फ सातहजार चार सय २५ रूपैयाँको ७५ लिटर र पेट्रोलतर्फ सात हजार सात सय २८ रूपैयाँको ६९ लिटर घोटाला हुन्छ।

‘चालकहरूको यो माग निकै घातक छ,’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘यो मागका पछाडि धेरै ठूलो भूमिका खेलिएको छ।सम्पूर्ण ट्यांकरमा तीन सेन्टिमिटरसम्म तेल मिलाउन पाउनुपर्ने माग राखेर इन्धनमा ठूलो चलखेल गर्न खोजिएको छ।चालकहरूलाई दैनिक करोडौं मूल्यबराबरको इन्धनको घोटाला गर्न दिन मिल्दैन।’