ओभरटेक गर्न खोज्दा ट्यांकरको ठक्करबाट शिक्षकको मृत्यु 

0
shares

by Soni Sharma | Updated: 24 Jun 2019

65 views
-सांकेतिक तस्विर

९,असार,विराटनगर।मोरङमा इन्धन बोक्ने ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार शिक्षकको मृत्यु भएको छ।सिरहामा डिजेल पुर्‍याएर विराटनगर फर्कंदै गरेको ना ४ ख १९०५ नम्बरको ट्यांकरलाइ को २६ प ३०५९ नम्बरको मोटरसाइकले ओभरटेक गर्ने क्रममा ट्यांकरको ठक्कर इटहरी उपमहानगरपालिका–४का २९ वर्षीय सन्दीप पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ।पौडेल विराटनगरमा आईटी सम्बन्धी पढाइ हुने हिमालय कलेजका शिक्षक हुन्।कलेजमा पढाएर इटहरीस्थित घरतर्फ फर्कंदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।