म कबिता किन लेखुं ?

0
shares

by Krishna KC | Updated: 21 Aug 2019

139 views
-टङ्क चन्द

आकाशलाइ चियाएं धित मरुन्जेल
दिनको घाम हेरें
अनि प्रकृतिलाइ अन्तरमनबाटै नियालें
र छाल उर्ल्यो मनको
कापी खुल्यो,कलम दौड्यो
रोपियो अक्षरहरु अनि लाग्यो
कबिता बन्यो र हजुरबालाइ देखाएं
कबिता भएन,झपार्नु भो
कबितामा बृद्धहरुको कथा ब्यथा
बुनिनु पर्छ रे
अरे!हजुरबा
तपाइका ती कथा किन लेखुं?
लेख्नु भन्दा बढी देखिएकाछन
तपाइहरुका कथा
हिजोका महलका मालिकहरु
आज बृद्ध आश्रमका रैती भएका छन
उनिहरुले पाउने सुबिधाले कर्मचारिहरुको भतेर लाग्छ
र बुढेसकालको सहारा आश्रमको भित्तो बनेको छ
अनि तपाइहरुका शब्दबाणिहरु भित्तो बाहेक कसैले सुन्दैन
त्यसैले च्यातिएर देखिएका ती कथा म किन लेखुं ?

घर छेउमै बग्ने खोलिको किनार नियालें
आह!कति निर्मल छिन
निश्चल छिन हाम्री आमाहरु जस्तै
फेरि पनि उहीँ खेती अक्षरको
बज्यै र आमालाइ सुनाएं
तर,फेरि पनि गाली
कबितामा आमाहरुको गाथा आएन
नारिहरुको कथा आएन
वाफ्रे!कति बुझाउनु
ऐ!बज्यै
ऐ!आमा दिदी बहिनिहरु
संसारले नियालेका तपाइहरुका कथा किन लेखुं?

सैना मैना निर्मला हरुका
चोली च्यातिन्छन दिउसै
फिला पासुलाहरुको सिकार गर्छन गिद्धहरु आकाश र जमिन दुबैबाट
कुर्चिमा बसेर कृषिका भाषण ठोक्नेहरुले नै उखुबारिहरुमा बलात्कार स्थल र लास भन्डारण गर्छन
काउलिको सँज्ञा दिदै
अट्टहास हास्छ्न तपाइहरुको पराजयमा अनि म किन कबिता लेखुं?
कलकल कुलो चलेको मेरो गैरी खेत
भर्खर पसाउदै गरेका धानका बालामा नजर के परेका थिए
फेरि फुर्यो अक्षरको बर्खा
छलाङ्ग मारे कापिका पाना भरी
बार्ह खरिले
बालाइ सुनाएं
काट्न नभ्याएका जुङ्गाको मुठो हुँदै
दार्हिबाट बहिर्गमण गरे बाका आँसु
सास फेर्न अप्ठेरो पार्लान जस्ता
रौंले बुझिएको नाकको प्वालबाट निश्केको सिकान हल्का हटाउदै बा बोल्नु भो,बाबू हाम्रा ब्यथा खै कबितामा?
बाका आँसु पुछ्दै भने हजुरका के ब्यथा लेखुं?

मिर्मिरे बिहानिमा स्यांखु ओढेर
निश्कनु र कोदाली कांधमा राखेर
झिस्मिसेमा फर्कनु हजुरको नियती
कर्मचारिले देखेकै छन
नेताले नियालेकैछन
पत्रकारले लेखेकै छन
कबिले उतारेकै छन
भलो खवरको प्रतिक्षामा बसेको बेला
चिल्लो बाकसमा आएको अजिब
त्यो बस्तु कांध थापेर
आफू भब्दा पहिल्यै बिदाइका हात हल्लाएको बाहरुका हात कस्ले देखेको छैन
अनि म बाहरुका कबिता किन लेखु?

 

त्यो सुन्दर अटल हिमाल हेरें
कति शालिन र शौम्य छ
शीरमा झुम्मिएको त्यो सफेद आंचल
आधा नीर गगनले छोपेको
त्यो मुश्कान देख्दा मन नै थामिएन
यो मन भित्र कल दौडियो
मेरो बाल सखा भुन्टे लाई सुनाएं
अं ह!ओठ लेप्र्यायो
लाग्यो उस्को मनको तन्द्रा लेखिएन
ओइ!भुन्टा म तेरो कबिता किन लेखुं

तीन महिनाको दुधे छोरो र तेरि भुन्टिलाइ
झुत्रो झोला बोकेर बिदेशी जहाज चढ्ने
रगतलाइ पसिना बनाइ डलर छाप्ने
हामी भुन्टाहरु
अनि मनको पीडा लुकाइ
घरकी प्याउलिहरुलाइ खुशी प्रदर्शन गर्ने प्याउलाहरु
अझै भनौ दासत्व स्विकार्दै चिल्ला बन्द बाकसमा फर्कने हामी तन्नेरिहरुको कथा चोरिएकै छन छापाहरुमा भने
ए!जिग्री म तिम्रो कबिता किन लेखुं?
डुल्दै थिएं बगैँचा तिर
कति थरी फुल?
फेरि औला गनें,कलमले भाषा बोल्यो
भर्खर बिहे भएकी बहिनिलाइ सुनांए
अंगालो मारेर रुन थालिन
सिउदोको सिन्दुर मेरो छाती भरी लाग्यो
आत्माले नै बोल्यो सायद
बहिनिको कथा लेखिएन कि
हो मैले किन लेख्ने बहिनिको कथा?
शरीर भरी जन्म घरको खोल छ
र पनि एक जोर पेटिकोट धोती चोली सगै छिनभरमै थर फेरिन्छ
उस्को दर फेरिन्छ र जुग लगाएर
आर्जेका नागरिकता देखि विश्व बिधालयका प्रमाणपत्रहरु
हप्ता दिनमै फेरिन्छन र सदाको लागि जन्म घरको दैली ढ्याप्प बन्द हुन्छ
पराइ घरकी कसैको छोरिको
अनुमती चाहिन्छ एकरात सुस्ताउन
जन्म दिएर हुर्काउने आमा
दिन रात संग लड्न सिकाउने बाहरुले निहुर्मुन्टो लाउछन बहिनिहरुलाइ एक त्यान्द्रो गाँस दिन
यौटै बक्ष पान गरेका हामी दाइहरु ती बहिनिहरुको छायां संग छेकिएर हिड्छौ
हो यसरी नै कानुन बाट ,हामिबाट तपाइबाट र सबै बाट परको अस्तित्व स्विकार्ने बिबस छिन हाम्रै अघि
अनि म बहिनिहरुको कबिता किन लेखुं?

तिर्तिर बग्दै छ पधेंरो
आफ्नो अनुशासित पालोमा बसेर
टिलिक्क टल्किएका गाग्री
गज्जबका पटुकिले कम्मर कसेका पधेर्नी देखें
म त लेखक लेख्नै पर्यो
सुनिदिने कोहि भएन
आफ्नै भुण्टिलाइ सम्झे
दिन भरी रामायण पढ्यो सीता कस्की जोई?
उस्को कन्चरिको रौं सम्म हल्लिएन
आफुले आफैलाइ प्रश्न गरें
कतै श्रीमतिहरुको कथा परेन कि
परेन पक्कै, किन?

पेटिकोटको इजार भित्र लुकाएको
दक्षिणा समेत बाकी रहेन पोइहरुबाट
कौडा पासाको त जमाना नै गयो
महाभारत जिते सरि
जगल्टाउने पोइहरु देखेकै हो
शान्तिले खान दिने त हामी हुँदै होइनौ
लामो सास फेरेर सुत्न नदिने हामी नै
सासुले थुकेको जुठो पुरोमा पेटको ओत भर्ने बुहारिहरु कत्ति कत्ति
माइतिको हेला
घरजहानको गलपासो
च्यातिएको पेटिकोटलाइ मैलो धोतिले छोपेर घरको इज्जत थाम्ने
बुहारिको कमि कहाँ छ र मेरै वरिपरि अनि देखेकै कुरालाइ म कबिता किन लेखुं?
भर्खर जन्मिएको प्याउली बाख्रीको
पेटारे पाठिको बुदुर्क्याइ देखें
बच्पनको याद आयो
मनभरी गुथें हजार मालाहरु
आफ्नै छोरोलाइ सुनाएं
वास्तै गरेन
बेकार बच्पन उतारें समय खर्चेर
हुन पनि हो

यो जमाना र
म कहाँको त्यो जमना
अहिले आमाको गर्भमै हुँदा
बाहरुको,मामाहरुको भनौ सबै आफन्तहरुको किनमेलको लर्को लाग्छ
बन्दुक घोडा गुफिया चरा चरी के के हो केके
खेलौनाहरुको
छ मास पुग्दै गर्दा टेलिभिजनमा
अनेकन खेल देखि मोटुपात्लु
टिकटक देखि पिटपाट सम्म
जन्म दिने बालाइ सन्दिप र मेस्सी को हुन थाहा छैन
उस्लाइ थाहा छ
ज्याकी चङ, अन्जली अधिकारी
राजेश हमाल अझ भनौ रबि ओड, रबि लामिछाने र रमेश प्रसाइहरु
अनि म किन लेखुं यस्ता बालकका लागि बाल कबिता?
अनि मन लाग्यो कसैको सिर्जना चोरेर सुनाउन
बाबू त्यो आउँछ
कहिले र कसरी आउँछ बा ?

छोरो चासो दिन्छ
हो उ अन्धाकारमा टर्च बालेर आउँछ
कांधमा बन्दुक र निधारमा तारावाला रातो रिबन बांधेर आउँछ
झोला भरी बम बारुद र हातमा नाङ्गो खुकुरी सहित आउँछ
अनुहारमा सायद मोसो दलेर बिचित्र भएर आउँछ र बाजे बज्यै आमा फूपू सबैलाइ जगल्ट्याएर बाहिर फाल्ने गरि आउँछ
छोरो खुसिले उफ्रिनु सम्म उफ्रिन्छ
ल भन्नुस महाशय !
म कबिता किन लेखुं?