Hollywoodkhabar advertisement

तनहुँ समाज कतार द्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदान

-तनहुँ समाज कतार द्वारा शिशुको उपचारमा आर्थिक सहयोग प्रदान
0
shares

नबराज बिक, दोहा, कतार, फेब्रवरी २०, २०२१

वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका तनहुँबासीहरु द्वारा स्थापित तनहुँ सेवा समाज द्वारा ६ महिने शिशु जीवन भट्टराईको उपचारका लागी ७५८००/- (पचहत्तर हजार आठ सय) रुपैया शुक्लागण्डकी नगरपालिका स्थिति उप मेयर सबिता रसाइलीको उपस्थितिमा पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।

प्रवासमा रहेर पनि स्वदेशमा हरेक पीडितहरुको सहारा बन्दै समाजले पुर्याएको योगदान उच्च रहेको भन्दै उपमेयर रसाइलीले समाज र सहयोगी प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

स्वदेश तथा बिदेशमा रहेका नेपालीहरु बिच सामाजिक कार्य गर्दै आएको समाजले सस्थामा कसैको पनि आर्थिक नभएको कारण उपचार बाट बन्चित हुन नपरोस्। न्यानो कपडा नभएर चिसो बाट पीडित हुन नपरोस् भन्ने हेतु ले हामी जे जति सकिन्छ एकापसमा मिलेर समाजमा टेवा पुर्याउदै आइरहेको अध्यक्ष नारायण प्रसाद ढुङ्गानाले बताउनु भयो ।

समाजले भट्टराईको उपचार सगै गृह जिल्लामा सामाजिक सहयोगको कार्यक्रम अभियानअन्तर्गत यसै साता सबै स्थानिय तहका ७० गरिब तथा बिपन्न परिवारहरुलाई न्यानो सिरक(ब्लान्केट) सहयोग समेत हस्तान्तरण गरिसकेको महासचिव मिनराज वाग्ले बताए। सिरक बितरण तथा पीडित परिवार लाई आर्थिक सहयोग गर्न समाजका सदस्य गोबिन्द प्रसाद सुवेदी समन्वय गरेका थिए।

From our sponsors

नेपाली कांग्रेस नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठानमा अष्ट्रेलियाका सापकोटा नियूक्त

2 Hours ago

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका संरक्षक प्रेम सापकोटा नेपाली कांग्रेस, केन्द्रीय नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठान, अष्ट्रेलियाको शाखा प्रमुखमा नियूक्ति भएका छन