-तनहुँ सेवा समाज कतार द्वारा न्यानो अभियान

तनहुँ सेवा समाज कतार द्वारा न्यानो अभियान

Hollywood Khabar January 01,2021 Comments

नबराज बि क,दोहा, कतार/०१/०२/२०

वैदेशिक रोजगारीको क्रममा कतारमा कार्यरत तनहुँबासीहरु सामाजिक कार्यमा सकृय हुदै तनहुँ सेवा समाजमा आबद्ध भइ बिगतका बर्षहरु झै यस पटक पनि गृह जिल्लामा न्यानो अभियान अन्तर्गत सबै नगरपालिका र गाउँपालिकालाई समेट्दै निम्न आय भएका बिपन्न ७० परिवारलाई ब्यालेकेट (सिरक) सहयोग प्रदान गर्न लागेको समाजका अध्यक्ष नारायण ढुङ्गानाले बताउनु भयो।

समाजले विभिन्न समयमा स्वदेश तथा बिदेशमा रहेका समस्यामा परेका नेपालीहरुमा सहयोग गर्दै रचनात्मक कार्यहरू समेत गर्दै आइरहेको छ। मानबिय कार्यमा सानो सहयोग होस् भन्ने हेतुले जिल्लाबासीहरु मिलेर सस्थागत रूपमा सहयोग जुटाइसकेको छ। गृह जिल्ला स्थित सबै स्थानीय तह सग समन्वय गर्दै सहयोग हस्तान्तरण गर्न लागेको महासचिव मिनराज वाग्ले ले जानकारी दिनुभयो।