-मृत अवस्थामा फेला परेको चितुवा

तनहुँमा आजपनि मृत चितुवा भेटियो 

Hollywood Khabar November 18,2019 Comments

४ मंसिर तनहुँ। तनहुँमा आजपनि चितुवा मृत अवस्थामा फेला परेको छ।तनहुँको व्यास नगरपालिका वडा नम्बर १ मुसेखोलामा भाले चितुवा ढाड भाचिएको अवस्थामा मृत भेटिएको डिभिजन बन कार्यालय तनहुँका डिभिजनल प्रमुख केदार बरालले बताए। मृत चितुवाले खोला नजिक बालता समेत गरेको हुँदा  गाडीले हानेसवारी साधनले ठक्कर दिएर मरेको  हुनसक्ने  प्रमुख बरालले बताए। मृत चितुवा भाले जातिको रहेको  अन्दाजी ८ वर्ष  उमेर र ४० किलो जतिको तौल रहेको छ।

मृत चितुवाको छाला निकालेर चितवन राष्ट्रिय निकुञ्ज पठाइने र चितुवाको शरीर भने डिभिजन बन कार्यालयको पछाडी खाल्डो खनेर पुरिने प्रमुख बरालले जानकारी दिए।यहि सोमबार पनि तनहुँको व्यास-७ साखुलीमा चितुवाको डमरू पेट फुटेको अवस्थामा मृत फेला परेक। तनहुँमा अहिले सम्म तीनवटा  चितुवा मृत फेला परेका छन् भने खोरमा परेका तिनवटालाइ सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।पछिल्लो डेड बर्षको अवधिमा तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणमा परी ६ जना बालबालिकाको ज्यान गैसकेको छ भने ४ जना घाइते भएका छन् ।