-सांकेतिक तस्विर

तनहुँमा एक पुरुषको घाँटी रेटेर हत्या

Hollywood Khabar August 11,2019 Comments

२८साउन,तनहुँ।तनहुँमा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ।तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको हो ।आइतबार रातिदेखि बेपत्ता भएका शाहीको हत्याराको  पहिचान हुन सकेको छैन।

प्रहरी उपरीक्षक सिलवालका अनुसार मृतक शाहीको घाँटीमा धारिलो हतियारको चोट छ ।शाही हराएपछि खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो।स्थानीयवासीले सोमबार माछा मार्न जाने क्रममा शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए। शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।प्रहरीले घटनाको अनुसन्धानका लागि कुकुर परिचालन गरि शङ्का लागेका व्यक्तिमाथि पनि निगरानी बढाएको  प्रहरी उपरीक्षक सिलवालले बताए ।