-सांकेतिक तस्विर

तनहुँमा बिप्लव समुहका २ जना पक्राउ

Hollywood Khabar July 22,2019 Comments

,साउन,तनहुँ।तनहुँ प्रहरीले सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी बिप्लव समुहका दुइजना नेतालाई मंगलबार दमौलीबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा  बिप्लव समुहका तनहूँ जिल्ला सदस्य तथा युवा संगठन नेपाल तनहूँका जिल्ला अध्यक्ष नेत्र प्रसाद थापा र युवा संगठन नेपाल तनहूँका जिल्ला सचिब बिष्णु कुमार श्रेष्ठ "दृष्टी"रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका  प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानाकारी दिए।

तनहुँको ब्यास नगरपालिका वडा नं. १४ केशबटार घर भएका थापा र भानु नगरपालिका वडा नं. २ भकुन्थोकका श्रेष्ठको साथबाट बिभिन्न पर्चा पम्प्लेट लगाएतका प्रमाण सहित् नियन्त्रणमा लिइएको लामिछानेले बताए। थापा र श्रेष्ठ द्वयलाई आजै सम्मानित तनहूँ जिल्ला अदालतमा उपस्थित गराएर जरुरी पक्राउ पुर्जी स्विकृत गराई राजद्रोह मुद्धामा थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।