Tamang Society of Las Angeles

तामाङ सोसाइटी अफ लस एन्जलसको आयोजनामा २८५५ औं सोनाम ल्होछार हुँदै

Hollywood Khabar January 17,2019 Comments

कृष्ण के सी/अमेरिका

तामाङ सोसाइटी अफ लस एन्जलसले बिगतमा जस्तै यस बर्ष पनि सोनाम ल्होछार २०५५ को आयोजना गरेको छ।

फेब्रवरी १०, २०१९ आइतबारका दिन आयोजित सोनाम ल्होछारका बिशेष आकर्षण गायक सागर एस वाइबा तामाङ छन्। स्थानिय रुपमा अन्य कलाकार र बिबिध प्रस्तुति सहित भरपुर मनोरंजन हुने सोनाम ल्होछारमा आयोजकहरुले एलएबासी सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ।

वास्तबमा भन्नुपर्दा यो सोनाम ल्होछार तामाङहरुको मात्र नभएर बिबिध संकृतिले भरिएको नेपालको आफ्नै संस्कृति हो। त्यसैले सम्पूर्ण नेपालीहरुलाई हार्दिक निमन्त्रणा गरिएको कुरा तामाङ सोसाइटी अफ लस एन्जलसका अध्यक्ष टेक वाइबा लामाले हलिउडखबरसँग बताए। Tara Himalayan Cuisine, 17221 Pioneer Blvd, Artesia, CA 90701 मा हुने कार्यक्रम सांझ ७:३० देखि मध्ये रात सम्म हुनेछ।