-तामाङ सोसाइटी अफ नर्थ अमेरिका १७ औं वाषिक दिवस

तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको १७ औं स्थापना दिवस न्यूयोर्कमा हुँदै

Hollywood Khabar March 31,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१/१९

तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले आफ्नो स्थापनाको १७ औं वाषिक दिवस अप्रिल ६, २०१९ शनिवारका दिन न्यूयोर्कमा आयोजना गरेको छ।

कार्यक्रमका संयोजक तथा सोसाइटीका उपाध्यक्ष मोहन वाइबाले विगत देखि नै मनाउँदै आइएको स्थापना दिवस यो बर्ष पनि अप्रिल ६, २०१९ का दिन आयोजना गरिएको बताए। वाइबाले न्यूयोर्कमा आयोजित उक्त कार्यक्रम मध्यान्न देखि दिउँसो ४:३० बजे सम्म हुने कुरा हलिउडखबरसंगको कुराकानीमा बताए।

यस पटक विशेषगरी सँस्थाको ऐतिहासिक पक्ष, संस्थाको बिकास र आम तामाङहरुको बिषयमा कार्यक्रम केन्द्रित रहने कुरा वाइबाले बताए। उनले कार्यक्रममा सम्पूर्ण तामाङहरु, नेपाली समुदाय, पत्रकार/संचारकर्मी, संघसंस्था प्रतिनिधि सबैलाई हार्दिक निमन्त्रणा गरिएको कुरा समेत हलिउडखबरसंग बताए।