संस्थाको बिषयलाइ लिएर समाजमा मच्चाईएको भ्रमप्रति तामाङ समाज अमेरिकाको ध्यानाकर्षण

संस्थाको बिषयलाइ लिएर समाजमा मच्चाईएको भ्रमप्रति तामाङ समाज अमेरिकाको ध्यानाकर्षण

Hollywood Khabar September 29,2019 Comments

प्रेस विज्ञप्ति ।

तामाङ समाज अमेरिकाले हालसालै प्रथम वार्षिकोत्सव मनाउदै प्रथम साधारण सभा समेत सफलतापुर्वक सम्पन्न गरेको छ ।

यस एक वर्षको अवधिमा हामीले ३७ वटा कार्यक्रमहरु आयोजना गर्यौं भने लगभग ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको प्रतिवेदन सार्बजनिक भइसकेको छ । तामाङ जातिको सर्वोपरी समृद्धि एवं नेपाली डायस्पोराको बृहत्तर हितको निम्ति हामी स्थापनाकाल देखि नै सक्रिय एवं प्रतिबद्ध छौं ।

हामी संगठित हुँदै गर्दा एकीकृत तामाङ समाजको परिकल्पना सहित सम्बन्धित सबैलाई हामीले उद्दारभाव राखी वार्ताको हरेक सम्भावनालाई खुल्ला राखेका थियौं। तर हाम्रो उदारभावलाई बिपक्षीहरुले कमजोरी ठानेर सामाजिक संजाल मार्फत भ्रम फैल्याउन दुस्प्रयास गरे ।

भर्खरै मात्र पनि आफुलाई समुदायको अगुवा ठान्नेहरुले द्वैधचरित्र प्रदर्शनी गर्दै सामाजिक संजाल मार्फत एक किसिमको प्रोपोगान्डा मच्चाईरहेको सरोकारवाला सबैले छर्लंग देखेका छौं र त्यसप्रति तामाङ समाज अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पार्दछौ ।

द्वन्द ब्यबस्थापनको सिद्दान्त अन्तर्गत प्रक्रियागत एवं संस्थागत ढंगले द्वन्दलाई ब्यबस्थापन गर्नुको सट्टा सामजिक संजाल मार्फत आत्मकेन्द्रित भएर प्रचारवाजीमा रमाउने सिद्दान्तले द्वन्द ब्यबस्थापन गर्न सकिन्न भन्ने हाम्रो अटल मान्यता छ।

यो प्रचारवाजी सिद्दान्तबाट कोही पनि दिग्भ्रमित नभइ दिन हुन तामाङ समाज अमेरिका हार्दिक अनुरोध गर्दछौ । संस्थागत वार्ता एवं प्रक्रियागत द्वन्द ब्यबस्थापन मार्फत एकीकृत तामाङ समाज निर्माणको लागि तामाङ समाज अमेरिका सदैव तयार रहेको समेत सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौ ।

लास्सो ! थुजेछे

विनिता तामाङ

महासचिव सेप्टेम्बर ३०, २०१९