विद्यासागर योञ्जनको संयोजकत्वमा ५ सदस्यीय विवाद समाधान समन्वय समिती गठन

तामाङ समाज उत्तर अमेरिकाले गति लियो, केहिलाइ नियुक्ति केहीलाइ पदमुक्ति

Hollywood Khabar October 08,2018 Comments

कृष्ण के सी/अमेरिका
सायद नेपालका चर्चित जनजातिहरु मध्ये तामाङहरु अगाडि पर्छन भन्दा अनर्थ नलाग्ला। अमेरिकामा स्थापना भएको तामाङ समाज उत्तर अमेरिका बिस्तार गरेर उत्तर अमेरिका क्षेत्रमा पुगे लगत्यै केहि हिच्की आएको छ। तामाङ समाजका केहि व्यक्तिहरुले अर्को समाज गठन गरे। त्यसपछि लामो समय पूर्ववत समाज भने चुप बसेर हेर्दै गर्यो।

तर सेप्टेम्बर ३० मा तामाङ समाज उत्तर अमेरिकाको बैठक बस्यो। बैठकले नियमित रुपमा आफ्ना निर्णयका साथमा दुइ महत्वपूर्ण निर्णय पनि गर्यो। फुटेर जानेलाई हटाउने र नयाँलाई जिम्मेवारी दिने। अनि त्यो विवाद र बिभाजनको छानविन गर्न विद्यासागर योञ्जनलाइ जिम्मा लगायो।

तामाङ समाजमा विवादलाइ प्रचारमा ल्याउने भन्दा पनि समाधान गर्ने तर्फ गइएको छ। कतिपय जिम्मेवार व्यक्तिहरुबाट सम्पर्कमा पनि नआउने अनि जवाफ पनि नदिने अन्य गतिबिधिमा सहभागी हुने देखिएकोले यस्तो निर्याय भएको हो, समाजकी महासचिव डोल्मा लामा बताउँछिन।

यसैबीच सो विवाद समाधान गर्न समाजका सल्लाहकार विद्यासागर योञ्जनको संयोजकत्वमा ५ सदस्यीय विवाद समाधान समन्वय समिती गठन गरिएको बताइएको छ। समितिमा ईन्द्र तामाङ, लोक लामा, कुमार दोङ र डोल्मा लामा रहेका छन्।

यसैगरी बैठकले समाजको कोलोराडो निवासी संदिप लामा गोलेलाइ कार्यसमिति सदस्यमा र रतु लामा, प्रकाश लामा, फुर्वा घिसिङलाइ सल्लाहकारमा मनोनित गरेको कुरा बताइएको छ।

बैठकको अर्को महत्वपूर्ण निर्णय भनेको तीन जनालाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय हो। सल्लहाकार समितिको अध्यक्ष शान्तबाबु थोकर, सल्लहाकार भोजराज थोकर र विश्व तामाङ सम्मेलन समन्वय उपसमिति संयोजक भरतराज लामालाइ जिम्मेवारीबाट मुक्त गरिएको कुरा समाजले जनाएको छ।