तालिममा खाजा खाँदा ८ बिरामी, २ को अवस्था गम्भीर

0
shares

by Soni Sharma | Updated: 15 May 2019

44 views
साङ्केतिक तस्बिर

१ जेठ पाँचथर।पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा खाजा खाँदा आठ जना बिरामी परेका छन् ।बिरामी पर्नेहरुमा १७ वर्षीया रेनुका दास, १९ वर्षीया विष्णु विक, सोना लिम्बू, ९ वर्षीया मुना लिम्बू, २३ वर्षीया मनकुमारी फियाक, २२ वर्षीया लक्ष्मी लिम्बू, १८ वर्षीया मनिषा लिम्बू र १३ वर्षीया युहाना लिम्बू रहेका छन्।

बिरामी परेकामध्ये लक्ष्मी र मनिषाको अवस्था सिकिस्त रहेको बताइएको छ ।उनीहरुको फिदिमको समर्पित अस्पतालमा तथा अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।स्थानीय जस्मिता फियाकको घरमा चलिरहेको तीन महिने ढाका बुनाइ तालिम लिइरहेका उनीहरु वैशाख ३० गते खाजा खाएपछि बिरामी परेका हुन्।उनीहरुलाई बुधबार अस्पताल भर्ना गरिएको हो।

उनीहरुले खाएको खाजामा प्रयोग गरिएको नूनमा शिशाका कणजस्ता वस्तु भेटिएको फाल्गुनन्द–२, का वडाध्यक्ष समेत रहनुभएका तालिम आयोजना गरिरहेको संस्था मिलन केन्द्र नेपालका अध्यक्ष बहादुरसिं नेम्बाङले बताउनुभयो।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो।तालिमको प्रशिक्षक समेत रहनुभएकी घरधनी जस्मिताका अनुसार घटना भएको अघिल्लो  दिन राति घरको किचन खुला छाडिएको र मौका छोपेर कसैले नूनमा विषाक्त वस्तु मिसाएको हुनसक्ने आशंका गरिएको छ ।