-कसम खादै स्याङ्जाका सरकारी कर्मचारी

सरकारी कर्मचारीले छातीमा हात राखेर रक्सि, चुरोट र सुर्ती नखाने कसम खाए

Hollywood Khabar May 18,2019 Comments

६ जेठ,स्याङ्जा।स्याङ्जाका सरकारी कर्मचारीले छातीमा हात राखेर रक्सि, चुरोट र सुर्ती सेवन नगर्ने कसम खाएका छन् ।प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जिल्लाका सरकारी कार्यालयका कर्मचारीलाइ रक्सि, चुरोट र सुर्ती सेवन नगर्ने  ५ प्रतिबद्धताको शपथ खुवाएका हुन्  ।रक्सि, चुरोट र सुर्ती सेवन नगर्ने शपथमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पुतलीबजार नगरपालिका, स्थानीय तहका स्वास्थ्य प्रमुख, अस्पतालका प्रमुख तथा चिकित्सक, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

धूमपान र मध्यपान नगर्न सहभागीलाई शपथ खुवाउँदै प्रजिअ निरौलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको ‘मेरो वर्ष’ पुस्तिकामा ‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्नँ’ भन्ने शपथ रहेको जानकारी गराएका थिए ।म नियमित व्यायाम गर्छु, स्वस्थ र पोसिलो खाना खान्छु, नियमित स्वास्थ्य परीक्षण गराउँछु र मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने शपथमा छ ।निरौलाले सबै वाक्य पढेर सहभागीलाई शपथ खुवाएका थिए ।