-NRNA NCC USA: युवा संयोजक स्वराज खाती आइसीसी सदस्यका उम्मेदवार

NRNA NCC USA: युवा संयोजक स्वराज खाती आइसीसी सदस्यका उम्मेदवार

Hollywood Khabar April 10,2019 Comments

कृष्ण के सी/अमेरिका/४/११/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिका २०१९-२०२१ निर्वाचनमा युवा संयोजक स्वराज खाती आइसीसी सदस्यका लागि उम्मेदवार भएका छन्।

वर्तमान युवा संयोजक स्वराज खातीले आफ्नो कार्यक्रालमा केहि नयाँ काम सुरु गरेको र संघमा आफूलाइ निरन्तर रहेर काम गर्नको लागि आइसीसी सदस्यका आकांक्षी भएको कुरा उल्लेख गरेका छन्।

नेपालको धनुषा जिल्लामा जन्मेका युवा संयोजक खाती २००९ मा अमेरिका आएका हुन्। टेक्ससमा आइटीको जब गर्दै आएका खातीले २०१४ मा पहिलो पटक एनसीसी अमेरिकाको सदस्यता लिएको कुरा हलिउडखबरलाइ बताए। एनसीसी र आइसीसी बिचका दुरी न्यूनीकरण, युवाहरुलाई बिशेष रुपमा अगाडि बढाउन योगदान, बौद्धिक र ब्याबसायिक रुपमा नेपाली समाजलाइ अगाडी लैजानको लागि समेत योगदान दिन कुरा बताए।