तस्बिर साभार वेब

स्वास्थ्य उपचारका लागि दिल्ली गएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उच्चस्तरीय भेटवार्तामा

Hollywood Khabar January 14,2020 Comments

१ माघ काठमाडौं।स्वास्थ्य उपचारको लागि भन्दै दिल्ली गएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उच्चस्तरीय भेटवार्तामा जुटेका छन्।उनले बुधबार भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरे ।

उपचारको लागि भनि नयाँ दिल्ली पुगेका पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेको कुरा आफ्नै फेसबुक पेजमार्फत जानकारी दिएका हुन्।उनले सिंहसँगको भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्था बारे छलफल गरेको बताएका छन्।

सामाजिक सञ्जालमा राजनाथसँगको तस्बिर शेयर गर्दै पौडेलले लेखेका छन्, ‘भारतका रक्षा मन्त्री एवं भाजपाका पुर्व सभापति माननीय राजनाथ सिंहसंग नयाँ दिल्लीमा भेटघाट, भेटमा नेपाल र भारत बीचको सम्बन्ध र वर्तमान राजनीतिक अवस्था बारे छलफल भएको छ।’रक्तचापमा समस्या देखिएको भन्दै पौडेल सोमबार नयाँ दिल्ली गएका थिए।