विशेष अदालत काठमाण्डौं

स्वास्थ्य विभागका उपसचिवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Hollywood Khabar February 14,2019 Comments

३ फागुन काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालय,स्वास्थ्य सेवा बिभागमा कार्यरत उपसचिव बाबुराम लामिछाने सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखरामा शाखा अधिकृतका रुपमा कार्यरत हुँदा लामिछानेले भाडाका सवारी साधन दर्ता गर्दा नियम विपरित दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया नपुर्याई विस्थापन गरी नयाँ सवारी साधन दर्ता गरेको आरोपमा अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

लामिछानेसँगै मिलेर हाल यातायात व्यवस्था कार्यालय, भरतपुरमा कार्यरत नायब सुब्बा ऋषिराम ढकालले सवारी दर्ता ढड्डामा बदनियतपूर्वक विभिन्न मितिमा सवारी दर्ता गरिएका ठाउँमा पछी सरकारी कागजात सच्याई सवारी दर्ता गरेको देखिएन आएकोले दुवै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ। यस्तै अख्तियारले बाँकेस्थित भूमिसुधार तथा मालपोत कार्यालय,नेपालगञ्जमा रजिष्ट्रेशन फाँटमा कार्यरत खरिदार संजय कुमार ठाकुरविरुद्ध पनि आजै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।जग्गा रजिष्ट्रेसन पास गर्दा लाग्ने कर राजश्व छुट गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनी पक्राउ परेका थिए।