तस्बिर वेब

सुत्केरीको मृत्युपछि उत्पन्न विवाद तीन बुदे सहमतिपछि साम्य

Hollywood Khabar June 14,2019 Comments

१ असार डडेल्धुरा।डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न भएको तनाव तीन बुदे सहमतिपछि साम्य भएको छ।मृतकका आफन्तसँग तीन बुँदे सहमति भएपछि शनिबार दिउँसोबाट जिल्ला सदरमुकाम खलंगामा भएको प्रदर्शन रोकिएको हो।तीन बुँदे निर्णयमा सहमति जनाइ घटनाबारे आवश्यक सहयोग गर्न प्रशासन कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएपछि उग्र बनिरहेको प्रदर्शन शान्त भएको थियो।

अप्रेशन गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६, छचोडाकी २६ वर्षीया गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा मृत्यु भएपछि अस्पताल,जिल्ला प्रशासन कार्यालय र सडकमा मृतकका आफन्तले प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए।

प्रशासन कार्यालय र मृतकका आफन्तबीचको सहमतिमा घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन टोली खटाउने,मृतकको पोष्टमार्टम जिल्ला बाहिरका चिकित्सक बाट गर्ने र मृतकका आफन्तलाई नियमनुसार राहत उपलब्ध गराउने,दिउँसो अवस्था चिन्ताजनक रहेको बताउँदै हेलिकोप्टरबाट काठमाण्डौ लैजान सल्लाह दिँएर खर्चको जोहो गर्न आफन्तलाई भनिएको र साँझ साढेपाँच बजे गीताको मृत्यु भएकाले आवश्यक छानबिन गरिनुपर्ने बुँदाहरु सहमति पत्रमा समेटिएका छन्।