-NRNA NCC USA:अध्यक्षका उम्मेदवार सूर्य लम्साल

NRNA NCC USA:अध्यक्षका उम्मेदवार लम्साल-बिस्तारै गए पुगिन्छ भन्दै प्यानल बनाउँदै

Hollywood Khabar March 12,2019 Comments

कृष्ण के सी/अमेरिका/३/१३/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा अध्यक्षका लागि उम्मेद्वार रहेका सूर्य लम्साल मतदाताहरुको आंकडा निकालेर आफ्नो प्यानल बनाउन छलफल गर्दैछन्।

अरुले भनेको जस्तो कसैको कति सय कसैको कति हजार होइन, मेरो टिमले एक एक गर्दै हरेक स्टेटको आंकडा निकालेको छ। अब गफ दिनु पर्दैन, परिणामका कुरा निर्वाचन पहिला नै गर्ने पनि होइन तर आफ्नो पक्कड बलियो छ, हलिउडखबरसँगको कुराकानीमा लम्सालले भने।

सदस्यता छानविन त सकिएको छैन किन हतारो, अझै स्टेप त बाँकी नै छ। तर पनि आगामी हप्ताको सुरुतिरबाट आफ्नो प्यानलको फाइनल गर्ने तयारी भएको छ। उसै पनि थुप्रै मिडियाका साथीहरुले सोधिरहनु भएको छ, जिज्ञासा हुनु सामान्य कुरा हो। अब त्यो जिज्ञासा पनि छिट्टै पुरा हुन्छ, लम्साले भने।

उनले भने, प्यानलमा राखिदिन भन्दै थुप्रै फोन आउने गरेको छ। कहिले काहिँ अलिकति प्रेशर पनि आउने गरेको छ। तर पनि बिस्तारै गए पुगिन्छ भने जस्तै उत्ताउलो नभएर संयम भएर जाने निर्णय मैले गरेको छु। यो पटक प्लान मिलाएर जानुछ, घोषणा पत्र फाइनल हुनै लाग्यो, टीमको फाइनल पनि छिट्टै हुन्छ। त्यो बेलासम्म सदस्यताको पनि छिनोफानो हुन्छ होला अनि बल्ल पो लाग्छ त चुनाब।

अध्यक्षका अरु उम्मेदवारहरुले आफू नै जित्ने जिकिर गर्दै गरेको बेला आफ्नो कुरा के छ भन्ने प्रश्न गर्दा, लम्साल भन्छन, चुनावको उम्मेदवार, युद्धको सिपाही र मैदानको खेलाडीले हार्छु भन्दैन। तर पनि भन्नलाइ एउटा आधार लिएर मात्र आफ्नो कुरा राख्ने हो। म आफू आधर लिएर नै भन्दै छु, यो पटक मेरो जित हुने कुरा मतदाता सदस्यहरुको आङकडाले देखाएको छ।