-NRNA NCC USA:सुर्य लम्साल अध्यक्षका उम्मेद्वार

NRNA NCC USA:सुर्य लम्सालले अध्यक्षका लागि उम्मेद्वारी दर्ता गरे

Hollywood Khabar April 17,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१८/१९
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा पूर्व बोर्ड सदस्य सुर्य लम्सालले अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गरेका छन्।

लम्सालले अप्रिल १८, २०१९ बिहिबार बिहान अनलाइनबाट आफ्नो उम्मेदवारी दर्ता गर्दै गरको कुरा जानकारी गराए। उनले आफूलाई उत्साह दिने संचारका साथीहरु, सहयोग र साथ दिने गर्ने सबैजना, सहयोद्धा, अग्रज सबैलाई धन्यवाद सेमत दिए।

आफ्नो उम्मेद्धारी दर्ता पछि हलिउडखबरसँग कुरा गर्दै लम्सालल भने-अब आधिकारिक रुपमा उम्मेद्धारी दर्ता गरियो, अन्तिम लिष्ट आएपछि आधिकारिक उम्मेदवार भइन्छ। तर पनि प्रचार र कुराकानी, साथीहरुको टीम मिलाउने र अरुलाई उम्मेदवारीबारे सपोर्ट र सहयोग गर्दैछु।

यो पटक आफूले जित्ने कुरा जिकिर गर्दै लम्सालले भने, अब भगवानको नै खेला भए मात्र हो अन्यथा जित निश्चित छ। एजेण्डा सहित आएको छु, टीम बनिरहेको छ, सपोर्ट राम्रो मात्र होइन संघकै दिग्गजहरुको पनि साथ छ, सदस्यहरु ठूलो संख्यामा आफ्नो पक्षमा छन् भने आफ्नो जितप्रति आफू विश्वस्त छु, लम्सालले भने।