जापानमा रहेर पनि फटाफट गीत गाउँदै धूम मच्चाउँदै गर्ने लोक गायक हुन सुर्य खड्का। गाउने क्रममा खड्का अचानक पोखराको पृथ्वीचोकमा बदाम बेच्दै गरेको अवस्थामा भेटिएका छन्।
जापानमा राम्रो कमाइ छोडेर पृथ्वीचोकमा बदाम बेच्दै गरेका सुर्य खड्का भन्छन् अर्काको देशमा गएर किन आफ्नो रगत पसिना बगाउने पैसा त यहीं आफ्नै देशमा छ। तर कसरी कमाउने त्यो सोच्न सक्नुपर्छ। काम सानो ठुलो हुँदैन कर्ममा बिश्वास र श्रम लाई सम्मान गर्न सक्यौं भने देशमै मनग्ये कमाइ छ।
प्रंसग सुर्य खड्का र शान्तिश्री परियारको स्वरमा रहेको नयाँ तिज गीत सुन्तला र बदामको हो। आफ्नै देशमा केही गरौं मेहनत गर्न सके थोरै लगानीमा पनि राम्रो कमाइ हुने आधारहरु छ्न भन्ने कुरालाई सर्जक शिव अखेलीले राम्रोसँग शब्दमा प्रस्तुत गरेका छन् । गीतमा लय सुर्य स्वयंको रहेको छ। प्रकाश भट्टको निर्देश, राजेश घिमिरेको छायांकन, बिस्णु शर्माको सम्पादनमा तयार भएको गीतमा सरापे र बिम्लीको भरपुर कमेडी अभिनय रहेको छ। गीत सुर्य खड्का युटुब च्यानलबाट सार्बजनिक गरिएको हो।
https://www.youtube.com/embed/h5g-r0qsKxI
Singer Surya Khadka, Japan
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...