https://www.youtube.com/embed/fpo8wYtsTGQ

गायक सुरेन्द्र राईको ‘एकान्तमा रुदै बस्छु” सार्वजनिक 

Hollywood Khabar May 28,2018 Comments

दिपा आले/ १५ जेठ/काठमाडौं।
उदयमान गायक सुरेन्द्र राईको आफ्नै स्वर र शब्दमा एकान्तमा रुदै बस्छु... भन्ने बोलको गीत सार्वजनिक भएको छ।स्वर र शब्दका धनि गायक राईको यो पहिलो गीत हो।बुवा मान बहादुर राई र आमा इन्द्रमाया राईका कोखबाट संखुवासभा सितालपार्टी खार्तुवा नगरपालिका ११मा उनी जन्मीएका हुन्।राई सानै देखि गायन क्षेत्रमा रुची राख्थे।उनी जीवन र जगतलाई संगीतमा भर्ने मात्र होइन स्वर र शब्दमा कोरेर श्रोताहरुलाई उपहार दिन चाहान्छन् । 

मानिसले चाहे संसारमा असम्भव केही छैन भन्ने भनाईलाई उनले सार्थकतामा परिणत गरेका छन्।गायक राईले पहिलो गीत सार्वजनिक गरिसके लगत्तै उनकै शब्द र स्वरमा दोस्रो गीतको बोल तिम्रो छेउ बस्दा खुशीलाग्छ सारा.......श्रोताहरु मांझ सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको गीतमा गायिका सिला राईले साथ दिएकी छिन् भने  राईको दुवै गीतको संगीत भर्ने कार्य रुद्र श्रेष्ठले गरेका हुन्।यति बेला उदयमान गायक सुरेन्द्र राईको गीतले बजारमा चर्चा कमाएको छ।दुई वटा गीत बजारमा आई सकेपछि उनका तीन वटा गीत सार्वजनिक हुने तयारीमा छन्।आफै गाउने, शब्द लेख्ने र संगीत भर्न समेत प्रखर बहुप्रतिभावान गायक राई भविष्यमा श्रोताहरुको चाहना अनुसार आफ्नै मौलिक पनमा गीत पस्कीने बाचा समेत गर्छन्।