-NRNA NCC USA: क्यालिफोर्निया च्याप्टर अध्यक्षका उम्मेदवार

NRNA NCC USA: सुरेन्द्र मल्ल क्यालिफोर्निया च्याप्टर अध्यक्षका उम्मेदवार

Hollywood Khabar March 22,2019 Comments

कृष्ण के सी/अमेरिका/३/२२/१९
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा क्यालिफोर्निया राज्य च्याप्टरका पूर्व सचिव सुरेन्द्र पि मल्ल च्याप्टर अध्यक्षका लागि उम्मेदवार भएका छन्।

तनहु जिल्लाको छाङ हटियामा जन्मेका सुरेन्द्र मल्लले पाटन संयुक्त क्याम्पसबाट एमए गरेका छन्। उसो त उनले आफ्नो जन्मथलोमा पढाउने काम पनि गरेका थिए। तर पछिल्लो समयमा भने उनले आफ्नै थर मिल्ने मल्ल ट्रेकिङमा काम गर्थे।

२००६ देखि अमेरिकाको क्यालिफोर्निया पुगेका मल्ल सामाजिक काममा समेत सहभागी हुन थाले। स्थानिय नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्नियाको महासचिव भएर २०११-२०१२ कार्यकालमा काम गरे। त्यसैगरी लुम्बिनी कपिलबस्तु शान्ति अभियान, बुद्ध नेपाल पिस फाउण्डेशन, सान फ्रान्सिस्को बुद्ध लायन्स क्लब, नेवा अर्गनाइजेशन अफ अमेरिका नर्दन क्यालिफोर्निया, कृयटिभ यूथ क्लब, नेपाली सामुदायिक भवन बनाउने अभियान कमिटी लगायतमा सहभागी छन।

सुरेन्द्र मल्ल कुशल भलिबल खेलाडी पनि हुन्। खेलका लिडर भएर लस एन्जलस, पिट्सबर्ग, टेक्सस मात्र होइन डिसी मेट्रो सम्म पुगेका छन् भलिवल खेल्नको लागि। यसबाहेक मल्लले स्थानिय रुपमा कभर्ड क्यालिफोर्निया र अन्य स्वास्थ्य विमाको लागि लगभग १००० भन्दा धेरै नेपालीहरुलाई सहयोग गरेका छन। उनै सुरेन्द्र मल्ल क्यालिफोर्नियाबाट एनसिसि अमेरिकाको राज्य च्याप्टरको अध्यक्षका लागि उम्मेदवार भएका छन्।