-तस्विर वेब

बेरोजगार युवालाई सुरक्षागार्ड तालीम

Hollywood Khabar May 15,2019 Comments

२ जेठ,जुम्ला।जुम्लाका बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले सुरक्षागार्ड तालीम प्रदान गरिएको छ।कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बुधबारदेखि सुरक्षागार्डसम्बन्धी एकमहिने तालीम शुरु भएको हो ।तालीममा १८ देखि ४० वर्षउमेर समूहका पाँच महिलासहित २० जना युवाको सहभागिता रहेको छ ।