NJSS USA Official Logo/Seal

सुरक्षाको डण्डाले हान्दै बिधेयक पारित गरिएको प्रति जनसम्पर्क अमेरिकाको बिरोध

Hollywood Khabar January 27,2019 Comments

प्रेस विज्ञप्ति

वर्तमान सरकारले २०७५ साल माघ ११ गते शुक्रवार प्रतिनिधिसभामा संसदीय शासन प्रणाली विपरीतमर्यादा पालक प्रयोग गरी जबरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरिएको घटनालाई संसदीयइतिहाँसकै दु:खको दिन ठहर गर्दै, नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भर्त्सना गर्दछ ।

लोकतान्त्रिक मुल्य, मान्यता र स्थापित विधिलाई कुल्चिएर बहुमतको आडमा संविधानको मर्म र भावना विपरीतगरेका यस्ता निर्णय,व्यवहार र सरकारी निति हेर्दा वर्तमान सरकार अहिले अधिनायकवाद तर्फ उन्मुख भएको छ।

सम्माननीय सभामुख, स्थापित संसदीय परम्परा र मर्यादाको धज्जी उढाउँदै, सत्ता सामु निरिह बनेको छ । जसलेगर्दा निष्पक्षता र निर्भिकताकाबाट संसदीय मर्यादा कायम रहन सकेको छैन । प्रमुख प्रतिपक्षी दलका उपस्थितिविना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्ति गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना हो । यस्ताप्रवृतिले विधि, पद्धति र लोकतान्त्रिक राज्यसंस्कृतिलाई खण्डीत गर्ने गर्दछ । जो वर्तमान सरकारले गरिरहेका छ।त्यो निन्दनीय छ । आम सर्वसाधारण जनताको हितका निमित्त चिकित्सा शिक्षामा सुधारको मागराखि डा गोविन्द केसीले गरेको १६ औं पटकको आमरण अनशन प्रति पनि हाम्रो एक्यबद्धता र समर्थन छ। र उनको जीवन रक्षाकको लागिसरकारसँग माग छ ।

राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर जनस्वास्थ्यको क्षेत्रमा क्रियाशील जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वासउपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संघ (केन्द्र) को दायित्वबाट पन्छाउँदै,अस्तित्व नै समाप्त पार्ने गरी वर्तमान सरकारले गरेको गैरजिम्मेवारी निर्णय र कार्यप्रति हाम्रो संगठनको घोरआपत्ति छ । यस्ता कार्यले वर्तमान सरकार निरङकुशता तर्फ उन्मुख भएको प्रष्ट देखिन्छ ।

अहिले देशमा हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधहरू बढिरहेका छन् । महंगी र भ्रष्टाचार चारैतिरफैलिएको छ। वाइडबडी खरिद प्रकरण र बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको घटना छ महिनामापनि सरकार संवेदनशील देखिन्दैन। सत्यलाई ढाकछोप गरिरेको छ । बहुमतको आडमा यस्ता अनेकौं जनबिरोधीनिर्णयहरू गरेर वर्तमान सरकार मुलुकमा शनै शनै अधिनायकवाद ल्याउन उद्धत छन् । यस्ता सबैखाले सरकारकोनियत प्रति हामी घोर निन्दा र भर्त्सना गर्दै, मातृ पार्टी नेपाली काँग्रेसले संसद र सडकबाट र पार्टीको अन्य भातृ रशुभेक्छुक संगठनले सडकबाट गर्दै आएको र गर्ने सबैखाले विरोधका कार्यक्रमप्रति नेपाली जनसम्पर्क समितिअमेरिका ऐक्यवद्धता जनाउँदछौं ।

धन्यवाद , जय नेपाल !

मुनिन्द्र नेम्बाङ

महासचिव

नेपाली जनसम्पर्क समिति अमेरिका