अब सुपरसोनिक बूमबाट सांघाई देखि लस एन्जलस सम्म ५ घण्टामा

Hollywood Khabar May 31,2018 Comments

कृष्ण के सी/अमेरिका
यात्राको दुनियाँमा चमत्कार पनि अजिवका आउन थाले। राइट दाजुभाईले हवाईजहाज बनाउँदा उड्ला कि नउड्ला भन्ने चिन्ता थियो होला। ऐले भने सबै भन्दा छिटो आफ्नो डेस्टिनेशनमा पुग्ला कि न पुग्ला भन्ने प्रतिस्पर्धा छ। त्यसैको प्रतिफल स्वरुप बनाइने सुपारसोनिक बूम अर्को वर्ष अर्थात २०१९ मा लन्च हुने भएको छ।  
सुपरसोनिक बूमबाट सांघाई देखि लस एन्जलस सम्म हालको १२/१३ घण्टा को समयालाई करिव आधा समयमा अर्थात ५/६ घण्टामा नै पुग्न सक्ने अपेक्षा गरिएको छ। २००३ बाट कनकर्ड बन्द भएपछि बूम प्रबिधिको सुपरसोनिकको अबधारणा आएको हो। थुप्रै एयरलाइन्सहरुको संयुक्त लगानीबाट डेन्भरमा बन्दै गरेको यो प्रोजेक्टका पार्टन एसियामा समेत बिस्तार भएको छ।