-सेसेल्समा हृदयधातले सुनसरी चतराका ज्ञानेन्द्र श्रेष्ठएको मृत्य

सेसेल्समा हृदयधातले सुनसरी चतराका ज्ञानेन्द्र श्रेष्ठएको मृत्य

Hollywood Khabar March 23,2020 Comments

अफ्रिकन राष्ट्र सिसेल्समा एक नेपालीको हृदय घातका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी, बराहा नगरपालिका चतराका ज्ञानेन्द्र श्रेष्ठ हुन। उनी जुन २०१५ देखी सिसेल्समा अबस्थित सनसाइन प्रोपेर्टिजमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए।

यही २२ मार्च २०२० का दिन स्थानीय समय अनुसार साझंको ४.४५ बजे उनको निधन भएको हो। सदाझै आफ्नो डिउटीबाट आएर नुहाई ध्वाई गरि केहीबेर आराम पछी श्रेष्ठ ट्वाईलेट पसेका थिए। एक्कासि उनि पसेको ट्वाईलेट बाट आवाज आएपछी साथीहरू गई हेर्दाखेरी श्रेष्ठ लडेको अस्वस्थामा साथिहरूले भेटे र उनिलाई बाहिर निकाल्दा सम्म श्रेष्ठको मृत्यु भईसकेको उनि सगै कार्यरत नेपाली साथिहरूको भनाई छ।