-सन्नि सगरमाथा समाज, क्यालिफोर्नियाको दुइ कार्यक्रम रद्द भए

सन्नि सगरमाथा समाज, क्यालिफोर्नियाको दुइ कार्यक्रम रद्द भए

Hollywood Khabar March 06,2020 Comments

अत्यन्त जरुरी सुचना

सन्नि सगरमाथा समाजको कार्य समितिको आकस्मिक बैठकले नेपाली नयाँ बर्ष २०७७ सालको अबशरमा अप्रिल महिनाको ११ तारिक सनिबारका दिन सन्निभेलमा गर्ने भनिएको मेघा बनभोज र मे महिनामा गर्ने भनिएको बुद्ध जयन्ति यस बर्षका लागि रद्ध गर्ने निर्णय गरेको छ।

सार्बजनिक स्थलमा गरिने ठुला भेलामा कोरोना भाईरसको संक्रमणको संभाबना धेरै हुने बिज्ञहरुको सुझाब र सरकारी स्तरबाट समेत भएका संक्रमण र साबधानीका शन्देशहरुलाई ध्यानमा राखेर सन्नि सगरमाथा समाजले यो निर्णय गरेको हो ।

स्वास्थ्य भन्दा ठुलो मनोरंजन र उत्सब हुनु हुदैन भन्ने कुरामा समाज सचेत छ। संक्रमणको जोखिम हटेर सरकारी स्तरबाट अब परिस्थिति नियन्त्रणमा छ भन्नासाथ समाजले नियमित गर्ने गरेका बार्षिक कार्यक्रमहरुलाई निरन्तरता दिनेछौं।

करिब २ हज्जार नेपाली मनहरु जम्मा भएर अर्को सालको बनभोजमा रमाईलो गर्नेनै छौं, यस पटकलाई चाँही आफ्नो स्वास्थ्यमा ध्यान दिनु होला। यस निर्णयबाट पर्न गएको असुविधाका प्रति समाज क्षमा चाहन्छ।

भबदिय

अध्यक्ष-संतोष गिरी

माहासचिब-रमेस राउत

मेघा बनभोज संयोजक-रबिन्द्र कंडेल

बुद्ध जयन्ति संयोजक-तेज गुरुङ

तथा सन्नि सगरमाथा समाज परिवार

मार्च ७, २०२०