-NRNA अमेरिका चुनाब:नेजस अमेरिकाका अध्यक्ष बिष्टले भने-हाम्रो आधिकारीक उम्मेदवार सुनिल साह हो

NRNA अमेरिका चुनाब:नेजस अमेरिकाका अध्यक्ष बिष्टले भने-हाम्रो आधिकारीक उम्मेदवार सुनिल साह हो

Hollywood Khabar May 12,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१२/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अमेरिकाको २०१९ निर्वाचनमा अध्यक्षका उम्मेदवार सुनिल साहलाइ नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले आधिकारिक उम्मेदवार सुनिल साह भएको उद्घोष गरेका छन।

न्यूयोर्कमा आयोजित सुनिल साहको टिमको लागि प्रचार सभालाइ संबोधन गर्ने क्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष तथा नेपाली कांगेस पार्टीका आमन्त्रीत केन्द्रीय सदस्य आनन्द बिष्टले सो कुरा उद्घोष गरेका हुन्।

कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र क्षेत्री र अन्य व्यक्तित्वहरुले पनि सुनिल साहको सपोर्टमा बिचार व्यक्त गरे। आफ्नो चुनाव प्रचारमा न्यूयोर्क, वरपर र बोस्टन समेतको भ्रमणमा निस्केका साहको लागि यो प्रचार सभा फलदायी भएको कुरा उनका प्रचारमा सहभागीले हलिउडखबरलाइ बताए।