-ललितपुर महानगर प्रमुख महर्जनको नेतृत्वमा बागमती सफाइ र सुन्दरीघाट डुंगायात्रा

ललितपुर महानगर प्रमुख महर्जनको नेतृत्वमा बागमती सफाइ र सुन्दरीघाट डुंगायात्रा

Hollywood Khabar August 29,2019 Comments

ललितपुर/अगष्ट ३०, २०१९

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा ३२९ औ हप्ताको बागमती सफाई अभियान सञ्चालन हुने भएको छ ।

भदौ १४ गते विहान ७ बजे कुपण्डोलबाट बागमती सफाई अभियान सुरु हुने भएको छ। ३२९ औ हप्ताको बागमती सफाई अभियानको अवसरमा कुपण्डोलदेखि सुन्दरीघाटसम्म ढुंगा यात्रा समेत हुने भएको छ । बागमती सभ्यता महोत्सवको रुपमा भोली भदौ १४ गते डुंगा यात्रा हुन लागेको हो ।

त्यस्तै गरी शुक्रबार ललितपुर महाहनगरपालिकामा बागमती सफाई अभियानका अभियान्तहरुसंगको छलफलमा प्रमुख महर्जनले बागमती नदि संरक्षणका लागि संघीय कानूनसंग नबाँझिने गरी स्थानीय कानून बनउने प्रतिबद्धता समेत जहेर गरेका छन् । प्रमुख महर्जनले भने, ‘बागमती नदि सबै धर्म, समुदाय र जातजातिको सम्भता हो यसको संरक्षका लागि संघीय कानूनसंग नबाँझिने गरी हामी स्थानीय कानून बनाउँछौ।

यसै अवसरमा महानगरप्रमुख महर्जनले ललितपुर क्षेत्रबाट बागमती नदिमा प्रदुशण हुने कार्य तत्कालै रोकिने वताए । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बस्न योग्य शहर हुनका लागि करिव ३३ प्रतिशत खुल्ला ठाउँ हुनुपर्ने भन्दै प्रमुख महर्जनले भने, जनप्रतिनिधि नभएको बेलामा सार्वजनिक जग्गाहरुको अतिक्रम भयो, अवको दिनमा हामी त्यस्तो अतिक्रम हुन दिदैनौं, सार्वजनिक जग्गाको संरक्षणका लागि पार्क निर्माण गछौं, शहरको सुन्दरताका लागि हरियाली प्रवद्र्धन गर्ने कार्यलाई तिव्रता दिन्छौं ।

महानगरभित्रका सम्पदाहरुको संरक्षण गर्ने र पोखरीहरुको पुनःनिर्माण गर्ने कार्यलाई प्राथामिकताका साथ अगाडि बढाएको पनि बागमती सरसफाई अभियान्ताहरुसंगको छलफलमा नगरप्रमुख महर्जनले वताए । नगरप्रमुख महर्जनले भने, पोखरीहरु हाम्रो सम्भयता हुन्, न्हु पोखरी बन्दै छ । सर्वोच्च अदालतको निर्णय अनुसार १२ रोपनीमा निर्माण हुने सप्तपाताल पोखरीको डिपिआर तयार हुँदैछ, भिजिट नेपाल सकिएको तेस्रो हप्तामा महानगरसंगै जोडिएको पलेश्वाँ पुखु पनि पुनःनिर्माण गछौं, अरु लोप हुने अवस्थामा रहेका पोखरी तथा सम्पदाहरुको पनि संरक्षण गर्छौं।

बागमती सरसफाई अभियान्ताहरुले शुक्रबार महानगरप्रमुख महर्जनलाई १० बुँदे ध्यानाकर्षण पत्र समेत बmुभाएका छन् । चक्रबहादुर चन्द, मेखबहादुर आले, किशोर सिह शाहीलगायतका बागमती सरसफाई अभियान्ताहरुले बागमतीको सफाई, ललितपुर महानगरपालिकाभित्रको सफाईलगायतका विषयहरुलाई समेटेर १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख महर्जनले भने, तपाईहरुले बुझाउनु भएको यो पत्र कार्यान्वयनका लागि आजै महानगरपालिकाका २९ बटै वडाहरुमा सर्कुलर हुने हुनेछ।

त्यसैगरी ललितपुर महानगरपालिकाका फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख सुरेन्द्रराज अवालेले फोहोर मैला व्यवस्थापन र सरसफाई कायम राख्नका लागि आफू २४ सै घण्टा क्रियाशील रहने वताए । उनले भने, बागमती सफाई अभियानको क्रममा पनि समयमा नै केके काम गर्नुपर्ने हो त्यसको जानकारी गराउनु होला, म सबै काम गर्न तत्पर र तयार छु ।

महानगरप्रमुख चिरीबावु महर्जनसंगको छलफलमा बागमती सरसफाई अभियान्ताहरुले जथाभावी फोहोर फाल्नेहरुलाई जरिवाना गरेको रेकर्ड व्यवस्थित गर्नुपर्ने, जरिवानाबाट उठेको रकम फोहोरमैला व्यवस्थापनका लागि नै खर्च गरिनुपर्ने, जथाभावी फोहोर फाल्नेलाई नियन्त्रण गर्न टोलटोलमा सिसिटिभीको व्यवस्था गर्नुपर्ने लगायतका विषयहरुलाई प्राथामिकताका साथ उठाएका थिए । अभियान्ताहरुले प्लाटिक झोला नियन्त्रण, सुर्ती,चुरोट, गुट्खाका प्लास्टिक र कागतका कारण आएको समस्यालगायतका विषयमा महानगरप्रमुख महर्जनलाई ध्यानाकर्षण गराएका थिए ।