हिजो तिम्रो नाम हालेर
लेखेकाे कविता
अाज अाफैलाई चित्त बुझेको छैन
खै किन हाे यतिबेला मेरो कविता
मुर्झाएकाे छ
मलिन छ दिप्तिहीन बत्ती जस्तै
लाग्छ तिम्राे उज्यालो
चाँदनी हाँसो टिपेर
मेरो कवितामा बिम्बकाे
राेशनी भर्न पाए हुन्थ्यो
तिम्रै मुहारकाे अाभा उठाएर
कवितालाई प्रतीक बनाउन पाए हुन्थ्यो
दु:ख लुकाएर पनि
तिमीले बाँचेको सुखि जीवन जस्तै
तिमीले सजाएकाे प्रेमकाे संसार जस्तै
तिमी र कविता दुबैलाई
कालजयी बनाउन पाए हुन्थ्यो
तिमीले प्रेमकाे निशानी ठानेर
दिएको वर्णतुलि
अाजकल काेरा कागजकाे टुढिखेलमा
खै किन हाे दाैडन पनि मान्दैन
गाेदावरीकाे पुष्प उद्यानमा
"बर्ड अफ प्याराडाइज" बनेर
फुल्न मान्दैन कविता
बेहिसाब कमल बनेर हिलाेमा
फुल्ने गरेकै हाे कविता
सायद तिम्राे अभावकाे विरहले हाेला
कविता अंकुरण हुन पनि मान्दैन
म भित्रकाे कवित्व
अजाग्रत जड बनेकाे छ
समाएर हातका अाैलाहरू
जगाउ मेराे कवित्व भाव
तिमी सामु उदाएर
बनाउ अाफु जस्तै
सुकाेमल,सुन्दर र प्रेमिल कविता ।
-ऋषभदेव घिमिरे,गाेदावरी
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...