व्यापारी अजयराज सुमार्गी

सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज

Hollywood Khabar August 18,2019 Comments

२ भाद्र काठमाडौं । व्यापारी अजयराज सुमार्गीको स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज भएको छ।नेपाल दूरसञ्चार प्राधिकरणले दिएको म्यादमा बक्यौता तिर्न नसकेपछि अनुमति पत्र खारेज भएको हो। आइतबार बसेको प्राधिकरणको वैठकले नेपाल स्याटेलाईटको अनुमति पत्र खारेज गर्ने निर्णय गरेको थियो ।

२०६४ मा ग्रामीण दुरसञ्चार सेवाको अनुमति पत्र पाएको नेपाल स्याटेलाईटले प्राधिकरणलाई करिब ८० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ।नेपाल स्याटेलाइट ले हेलो नेपाल नामक ब्राण्डमा सेवा प्रदान गर्दै आएको छ।मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पु-याउने सर्त सहित अनुमति पाएको स्याटेलाईटलाई प्राधिकरणले यसअघि स्पष्टिकरणसमेत सोधेको थियो।प्राधिकरणले गत साउन ६ गते १० दिने म्याद राखेर स्पष्टिकरण सोधेको थियो । तर सटेलाईटले सेवा विस्तारको अनुमति दिए मात्रै बक्यौता तिर्ने शर्त तेस्र्याएको थियो ।

साउन १८ गते बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले नेपाल स्याटेलाइटलाई १५ दिनभित्र ७ करोड र ३ महिना भित्र बाँकी रकम तिर्न म्याद दिएको थियो । अन्तिम पटक तोकिएको म्यादमा पनि रकम बुझाउन नसकेपछि अनुमति पत्र खारेज भएको हो ।