नीति, नीतिवान मान्छे र नेपाली संस्थाका कुरा-शुक्र नीति-२

Hollywood Khabar October 31,2017 Comments

कृष्ण के सी/अमेरिका/१०/३०/१७
कुनै पनि जीवित शरिरलाइ भोजन चाहिन्छ। भोजन बिना पनि प्राणीहरु महिनौं बाँचेका कथा जति भएता पनि जीवितका लागि भोजन अनिवार्य हो त्यो हामी सबैले मानेको कुरा हो।
अब अरु जीवितका कुरा छाडेर मानिसका कुरा गर्ने हो भने अलिकति फरक प्रसँगमा जानुपर्ला। हामी मान्छेका मुखबाट जे भित्र जान्छ त्यो कुराले आफुलाई मात्र असर गर्छ। जस्तो की खराब खाना भित्र गयो भने पेटमा गडबढी हुन्छ, खराब पानी आदी इत्यादी। तर जुन कुरा मुखबाट बाहिर जान्छ त्यसले अरुलाई असर गर्छ। जस्तो की बोली, खोकी, खकार, बिकार इत्यादि। दुइ चड्कनले नरुने मान्छे एक बचनले रुन्छ त्यो मुखबाट बाहिर गएको असर हो।
हाम्रो शरीरमा चाहिने भोजनमा पनि जथाभावी जे जे पनि खायो भने त्यो भोजनले कसैलाई ढिला त कसैलाई छिट्टो खराब असर गर्छ। शुक्राचार्य (असुराचार्य) भन्नुहुन्छ कि जो नियम र स्वस्थ कुरा सचेत भएर भोजन गर्छ उसलाई कहिलै भोजनले खराब असर गर्दैन। ठीक त्यसैगरी नीति र व्यक्ति पनि उस्तै हो जो नीतिमा बस्छ उसलाई कुनै पनि कुराले असर गर्दैन र जो बस्दैन त्यो व्यक्तिलाइ छिट्टै या ढीला असर हुन्छ। बिष नै खानेलाई पनि क्षणिक रुपमा त असर गर्दैन तर अन्तमा ज्यान लिन्छ। नीति, नियम, बिधी र बिधान पनि त्यसतै हो।  
नीति र नियममा चल्ने व्यक्तिका दुशमन बढ्ने र घट्ने अनि अस्थिरता बढ़ने घट्ने हुँदैन। तर जो व्यक्ति नीति-बिधि र नियममा चल्दैन त्यसका धेरै शत्रु हुन्छन, दुश्मनी बढ्ने र घट्ने क्रमसंगै इज्जत, प्रतिष्ठा र मनोवलमा पनि असर भएको हुन्छ।
यसर्थ शुक्राचार्य भन्नुहुन्छ, व्यक्तिले भोजनमा मात्र होइन जीवन र समाजमा नीति, बिधि, बिधान र नियम मान्नु जरुरी छ। समय अनुसार व्यक्ति, राज्य या संघ-सँस्थाका नीतिमा परिमार्जन र संसोधन हुनुपर्छ, नियम र सिद्धान्तहरुमा पनि बदलाव गर्नुपर्छ। यो नै कुशल नीतिकारहरुको कौसलता हो। अनि यसका लागि बिषयहरुको गहिरो अध्ययन र चिन्तन/छलफल गर्नु जरुरि मानिन्छ।
यो कुरालाई नेपाली राजनीति र नेपालीहरुको नेपाल बाहिर त्यसमा पनि बिशेष गरेर अमेरिकाका सामाजिक संघ-संस्थाहरुलाई हेरौ, जवाफ प्रष्ट रुपमा पाइन्छ। संस्था बन्छन र लामो इतिहास कहन्छन, पार्टीहरु आफ्नो इतिहास बताउन एकाधघण्टा लगाउँछन् तर प्रगति र देश अनि आम सदस्य/जनताको उन्नतिको कुरा भने कतै पनि उल्लेख गर्दैनन्। त्यसै कारण प्रतिष्ठित संस्थाको अध्यक्ष जस्तो व्यक्तिले पनि सार्वजनिक ठाउँमा मुक्का खान्छ। प्रचण्ड, रामचन्द्र र झलनाथ जस्ता नेताले सार्वजनिक ठाउँमा चड्कन खान्छन। सभासद/सांसदले सुर्ती खाएर संसदमा थुक्क गरेको, कानुन बनाउने सांसदले संसद चल्दै गर्दा कुर्सीमै घुरेको भिडियो हामीले किन रमाउँदै हेर्नुपर्छ। देशका ७०/८०% जनसख्याले सरकार र प्रशाशनको अविश्वास् गर्छन। यो सबै नीति, बिधि र बिधान अनि परिमार्जनका कुरा र बिधिसंवत नचल्नाले भएका कुरा हुन्।
“कुरा नीति, बिधि, बिधान, नियम र इमान्दारिताको हो !”
जादौ !