समृद्धिका लागि तिनै तहबीच सहकार्य आवस्यक-मुख्यमन्त्री गुरुङ 

0
shares

by Soni Sharma | Updated: 24 Jun 2019

146 views
तस्विर -कृष्ण नेउपाने

९,असार,तनहुँ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यले मात्र  समृद्धि प्राप्त हुने बताएका छन्।सोमबार तनहुँको शुक्लागण्डकी नगरपालिका पाँचौँ नगर सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले समृद्धिका लागि तीनै तहका सरकार यौटै लक्ष्य,उद्देश्य र बाटो  हिँड्नुपर्ने बताएका हुन्।

मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री केपी ओली सहित् सात वटा मुख्यमन्त्री र ७५३ वटा स्थानीय तहका प्रमुख एउटै डुङ्गामा सवार रहेकोले सबैको सहकार्यले मात्र डुङ्गा पार लगाउन सक्ने बताए ।मुख्यमन्त्री गुरुङले नीति तथा कार्यक्रममा आधारित भएर पहिला नीति तथा कार्यक्रम ल्याएर छलफल गरि कार्यक्रम पारित भएपछि बजेट ल्याउनु पर्ने बताए।

प्रदेश सांसद आशा कोइरालाले गरीबी र बेरोजगारी विकासको बाधक रहेकोले स्थानीय तहहरुले गरीबी र बेरोजगारी निवारणका कार्यक्रम सञ्चालन गर्नुपर्ने जोड दिईन ।नगरपालिका उपप्रमुख सविता रसाइलीले नीति, कार्यक्रम तथा बजेटमा  जनताका आवश्यकता र मागलाई प्राथमिकता लाइ छनौट गरिएको  जानकारी दिइन  ।