Nepali Pop Singer Sugam Pokhrel

अमेरिकाको संगीत यात्रामा गायक सुगम पोखरेल

Hollywood Khabar May 07,2018 Comments

विजय थापा/अमेरिका
गायक सुगम पोखरेल दुई महिने संगीत यात्रामा अमेरिका आउने भएका छन् । पप गीत मार्फत उदाएका पोखरेल नेपाली सांगीतिक आकाशमा एक सफल गायक मानिन्छन। नेपाली श्रोताहरु उनका गीत सुन्न सुन्न लालायित हुन्छन् भने उनलाई १ एमबि (वान म्यान ब्याण्ड) भनेर पनि चिनिन्छ । सुगम पोखरेल युएस यात्रा २०१८ नामक कार्यक्रमको लागि उनि आउने भएका हुन् ।
उनि संगतिकार, रचनाकार तथा रेडियो जोकि (प्रस्तोता) पनि हुन् । पछिल्लो समयमा उनि नेपाली चलचित्रका गीतहरुमा पनि जम्न सफल भएका छन्। मेरो संसार नामक गीत बाट दुई दशक अगाडी सांगीतिक दुनियामा प्रवेश गरेका सुगम मे र जुन महिना को लागि अमेरिका यात्रामा रहने छन् । अमेरिकाका विभिन्न २५ राज्यहरु भन्दा बढ्ता उनको प्रस्तुति हुने छ भनि आयोजकले बताएका छन् । उनले दुई महिना को अवधि भित्र २५ वटा प्रदर्शन गर्ने सम्भवत पहिलो गायक बन्ने अवसर पनि प्राप्त गर्ने छन् ।
उनको पहिलो प्रस्तुति अमेरिकाको सान एन्टीनोमा मे १२ तारिखबाट सुरु भै जुलाई १२ तारिखम टेनेसीको न्यास्भिलमा अन्तिम प्रस्तुति हुनेछ। अमेरिकामा उनको कार्यक्रम फ्युजन इन्टरनेसनलले नेपसिने तथा प्लानेट ३ फिल्मस्को सहयोगमा ल्याएको हो। आधिकारिक संचार सहयात्री (मिडिया पार्टनर) ईनेप्लिज रहेको छ।