सुडानको लागि दिइएको TPS सुविदा नोवेम्वर २, २०१८ सम्म मात्र

Hollywood Khabar September 17,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया
Homeland Security का कार्यकारी सचिव Elaine Duke ले अब सुडानको लागि दिइएको Temporary Protected Status (TPS) सुविदा नोवेम्वर २, २०१८ देखि बन्द हुने कुरा जानकारी दिनुभएको छ।
जानकारी अनुसार हालै गरिएको सुडानको पछिल्लो अवस्थाको अध्यन, बिभिन्न सरकारी एजेन्सीहरुको राय समेतका अनुसार सुडानको लागि उपरान्त सो सुविदा आवश्याक नपरेको देखिन आएकोले सो सुदिदा बन्द गरिएको जनाइएको छ। सचिवले TPS सुविदा आगामी १२ महिना अर्थात नोवेम्वर २, २०१८ सम्मको लागि रिन्यू गरिएको र तत्पश्चात बन्द गरिने जनाउनु भएको छ।