आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा पत्रकार रवी लामिछानेसहित ३ जना पक्राउ

0
shares

by Soni Sharma | Updated: 15 Aug 2019

127 views
तस्बिर साभार वेब

३० साउन,काठमाडौं।शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवी लामिछानेसहित तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ।चितवन प्रहरीको आग्रहमा महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार अपराह्न पत्रकार लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको हो।उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका तीनै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मृत्यु अगावै रेकर्ड गरिएको शालिकरामको भिडियो सार्वजनिक भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। सार्वजनिक भिडियोमा शालिकरामले‘अस्मिता’भन्ने रुकु कार्की,पत्रकार रवी लामिछाने र युवराज कँडेलले आफूलाई मर्न बाध्य पारेको बताएका थिए।

लामिछाने न्युज–२४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन्।पत्रकार पुडासैनीको साउन २२ मा चितवनको एक होटेलमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो।यसअघि यही प्रकरणमा चितवन प्रहरीले अस्मितालाई कलंकीबाट नियन्त्रणमा लिएको थियो।