Hollywoodkhabar advertisement

एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको कार्यक्रममा प्रमुख अतिथि ऋषि ढकाल

-एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको कार्यक्रममा प्रमुख अतिथि ऋषि ढकाल
0
shares

हलिउडखबर, अमेरिका, मे ९, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार बुद्धि सुवेदी र उनका सहकर्मी उम्मेदवारहरुले क्यालिफोर्नियाको लस एन्जलसमा भब्य चुनावी कार्यक्रम सम्पन्न गरेका छन्।

मे ८, शनिबार भएको कार्यक्रममा नेपाल सरकारका महावाणिज्यदुत ऋषि ढकाल प्रमुख अतिथि रहनु भएको थियो। त्यसैगरी एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सर्बग्य वाग्ले, क्षेत्रीय कमिटी संयोजक रोशन अधिकारी, च्याप्टर अध्यक्ष सुरेन्द्र मल्ल, पूर्व आइसीसी सदस्य दिल श्रेष्ठ पनि उपस्थित थिए।

कार्यक्रम सकेर आज सान फ्रान्सिस्को पुगेपछि अध्यक्षका उम्मेदवर बुद्धि सुबेदी, बरिष्ठ उपाध्यक्षका उम्मेदवार बाबुराम लामा, उपाध्यक्षका उम्मेदवारहरु गोपेन्द्र भट्टराई, डिलु पराजुली, सुमन थापा, राम हरि अधिकारी, क्रान्ति अर्याल भण्डारी, महासचिवका उम्मेदवार अन्जन कुमार चौलागाइ, सचिवका उम्मेदवार अनुप खनाल, सचिवका उम्मेदवार तारा ढकाल मरहट्टा (महिला तर्फ), कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ, सहकोषाध्यक्षका उम्मेदवार अग्नि ढकाल, महिला संयोजककी उम्मेदवार सुन्दरी गुरुङ, युवा संयोजकका उम्मेदवार त्रिभुवन लगायतले आफ्नो कार्यक्रम भब्य भएको बताए।

कार्यक्रम पछि क्यालिफोर्निया च्याप्टर अध्यक्ष सुरेन्द्र मल्ल तथा वर्तमान आइसीसी सदस्यका उम्मेदवार सुरेन्द्र मल्लले पनि आफू अत्यन्तै उत्साहित भएको बताए। आज आफ्नै होम टाउनमा कार्यक्रम सफल पार्न ब्यस्त रहेका मल्ल र बोर्ड सदस्यका उम्मेदवार रवि बस्नेतले आजको कार्यक्रम भब्य हुने बताए।

लस एन्जलसमा बिहान देखि भेटघाटमा ब्यस्त रहेका सुबेदी र अन्य पदका उम्मेदवारहरुले नेपाली कांग्रेसकी टीका चौधरी, मदन पाठक, मुकुन्द ढुंगाना लगायत थुप्रै व्यक्तिहरुसंग भेटघाट गरे। कार्यक्रममा समाजका थुप्रै व्यक्तिहरुले सुवेदी र उनकर्मी उम्मेदवारहरुलाइ इण्डोर्श गरेका थिए।

ADVERTISEMENT-----