-विद्यार्थीहरुद्वारा भारतीय दुतावास अगाडी प्रदर्शन 

विद्यार्थीहरुद्वारा भारतीय दुतावास अगाडी प्रदर्शन 

Hollywood Khabar November 11,2019 Comments

२७,कार्तिक,काठमाडौं।नेपाल विद्यार्थी संघका विद्यार्थीले भारतले शिमा मिचेको बिरोध गर्दै भारतीय दुतावास अगाडी प्रदर्शन गरेका छन्।भारतले नेपालको लिपुलेक, कालापानी, लिम्पीयाधुरा लगायतका नेपाली भूमी समेतलाई समेटी राजनितिक नक्सा सार्वजनिक विद्यार्थीहरुले भारतीय दुतावास अगाडी प्रदर्शन गरेका हुन्।सागर परियारको नेतृत्वमा भुमी हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै भारतीय राजदुतावास अगाडी १ घण्टा धर्ना दिइएको हो।

धर्नामा रहेका विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक र कालापानी हाम्रै हो’, ‘नेपालको भूमि मिच्न दिँदैनौँ’ लगायतका नारा लगाएका थिए ।विरोध प्रर्दशनमा सहभागी बिद्यार्थीहरुले नेपाली भुमि फिर्ता गर्न माग गर्दै सरकारले छिटोभन्दा छिटो कुटनितिक तथा राजनितक तवरबाट पहल गर्नुपर्ने बताएका थिए ।