सुरक्षित घरबासको लागि जनचेतनामूलक नाटक प्रदर्शन

Hollywood Khabar November 24,2017 Comments

२०७४ बैशाख १२ र १४ गतेको भुकम्प र त्यसको पराकम्पन्नले देशलाई तहसनहस बनायो। सरकारले दुईबर्ष पछि भुकम्प पीडितलाई घर पुनरनिर्माणको लागि तोकिए बामोजिम पहिलो किस्ता स्वरुप रकम हस्तान्तरण गर्यो। त्यसैबेला स्विस कन्ट्रक्टको सहयोगमा अल थ्री मिडिया र मनकामना ट्रेनिङ एन्ड स्किल ईन्स्टिच्युटको सहयोगमा सुरक्षित घरवास भुकम्पको पुनर्निर्माणको लागि जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएकोछ।
मोहन निरौलाको लेखन रहेको नाटकलाई सुरज अधिकारीले निर्देशन गरेका हुन। सिन्धुली जिल्लाको चार ठाउँमा प्रदर्शन गरिएको नाटकमा त्यहिकै स्थानिय कलाकारहरु सुमन इडो, प्रज्वल कार्की, पबित्रा रमतेल, धनराज तामाङ र पदम बर्माशखाको अभिनय रहेको थियोे। यसैगरी सुनकोसी गाउपालिका, गोलन्जोर गाउपालिका र कमलामाइ नगरपालिकामा पनि सो नाटक प्रदर्शन गरिने जानकारी प्राप्त भएकोछ।