सडक बालबालिकाको हकहितका लागि पैदल यात्रा गरिने

Hollywood Khabar February 26,2017 Comments

सडक बाल आवाज संस्था को आयोजनामा फाल्गुन १८ गतेदेखी पोखरादेखि काठमाडौं सम्म पैदल यात्रा गरिने भएको छ ।

सडकमा रहेका अनाथ असाहय बालबालिकाहरुको हकहित र अधिकारको बारेमा जनचेतना जगाउने उद्देश्यले गरिने नौ दिने पैदल यात्रा गरिन लागेको हो। पोखराको पृथ्वीचोकबाट सुरु हुदै तनहुँ, गोर्खा, धादिङ, नुवाकोट हुदै काठमाडौंको बसन्तपुर दरवार स्कवायरसम्म पुग्ने पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष प्रेम बहादुर गुरुङले जानकारी दिए ।

पैदल यात्राको क्रममा स्थानिय जनसमुुदायहरुसंग त्यस क्षेत्रमा रहेका बालबालिकाहरुको अवस्थाबारे जानकारी लिने र उनीहरुको हक अधिकारको बारेमा छलफल समेत गर्नेछ ।