-स्टिमुलस रकमको डाइरेक्ट डिपोजिट आज राती नै सुरु हुने पेपर चेक भोलि मेल गरिने

स्टिमुलस रकमको डाइरेक्ट डिपोजिट आज राती नै सुरु हुने पेपर चेक भोलि मेल गरिने

Hollywood Khabar December 29,2020 Comments

डिसेम्बर २९, २०२० मंगलबार Treasury Secretary Steven Mnuchin ले ट्विट्टर गरेर गरेर दिएको जानकारी अनुसार आइआरएसमा भएको डाइरेक्ट डिपोजिट रेकर्ड हुने जतिलाई आज राती नै रकम डिपोजिट सुरु गरिने जनाएका छन्। पहिलो लटमा सिंगलले $६०० प्राप्त गर्नेछन भने कप्पलले $१२०० र माइनरले पनि $६०० पाउने भनिएको छ। पेपर चेक चाहिं बुधबार मेल गरिने बताइएको छ।

राष्ट्रपति डनल्ड ट्रम्पको माग अनुसारको $२००० डलर रिलिफ चेक चाहिं हाउसबाट पास भएर सिनेटमा रहेको छ। उनीहरुले अर्को हप्ता सो प्राप्त गर्नेछन। आफ्नो पेमेन्टको स्टाटस हेर्नको लागि अर्को हप्ता देखि irs.gov/coronavirus/get-my-payment मा गएर हेर्न सक्नेछन।