-श्रीमतीमाथि एसिड प्रहार गर्ने विष्णु भुजेल

सँगै बस्न नमानेपछि श्रीमतीमाथि एसिड प्रहार 

Hollywood Khabar May 14,2019 Comments

 २,जेठ,काठमाडौं।सँगै बस्न नमानेपछि एक युवाले आफ्नै श्रीमतीमाथि  एसिड प्रहार गरेका छन्।बुधबार राति कालोपुलमा श्रीमतीलाई एसिड छ्यापेपछि पक्राउ परेका विष्णु भुजेलले प्रहरी सामु श्रीमती सँगै बस्न नमानेपछि त्यही रिसमा एसिड हानेको बताएका छन्।एसिड प्रहार गर्ने काभ्रे, धुलिखेलका भुजेललाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको हो।मोटरसाइकल ग्यारेजमा काम गर्ने भुजेलले बयानमा  जेनी खड्काको छ वर्षअघि बिहे भएको र दुई वर्षदेखि छोरा लिएर  छुट्टै बस्दै आएपछि अरूसँग सम्बन्ध रहेको शंकामा एसिड प्रहार गरेको बयान दिएका छन्।