-सांकेतिक तस्विर

ससुरालीबाट फर्केका श्रीमान् श्रीमती दुई छोरासहित त्रिशुली नदीमा हामफाले 

Hollywood Khabar January 15,2020 Comments

३,माघ, काठमाडौं ।ससुरालीबाट फर्केका श्रीमान् श्रीमती दुई छोरासहितधादिङस्थित त्रिशुली नदीमा हामफालेका  छन्।काठमाडौंको चन्द्रागिरी नगरपालिका घर भएका श्रीमान विनय लामिछाने र उनकी श्रीमती दुइ छोरा सहित बेनिघाट रोराङ–१ मा झोलुङ्गे पुलबाट हामफालेका हुन्।नदीमा हाम्फालेका चार जनामध्ये  श्रीमान विनय लामिछानेको भने उद्दार भएको,उनकी श्रीमतीको  मृत्यु भएको र   ६ महिना र दुई वर्षका दुई छोरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ।काठमाडौंको चन्द्रागिरी नगरपालिका घर भएका लामिछानेको  परिवार ससुराली गोरखा पुगेर घर फर्किँदै गर्दा परिवार सहित त्रिशुलीमा हामफालेको प्रहरीले जनाएको छ।दुर्घटनाको अनुसन्धान  भइ रहेको प्रहरीले जनाएको छ।