श्रीमानले  घरमा आगो लगाउँदा श्रीमतीको जलेर मृत्यु 

0
shares

by Soni Sharma | Updated: 22 Jun 2019

155 views
-सांकेतिक तस्विर

८ असार,दार्चुला।दार्चुलामा एक व्यक्तिले आफ्नै घरमा आगो लगाउँदा श्रीमतीको जलेर मृत्यु भएको छ।नौगाड गाउँपालिका-२ सुण्डमुण्डुमा शेरसिंह बडालले मदिरा सेवन गरी आफ्नै घरमाआगो लगाउँदा उनकी श्रीमती ३० वर्षीया विमला बडालको जलेर मृत्यु भएको हो।शनिबार राति १२ बजे मदिरा सेवन गरी घरमा आगो सल्काएपछि विमला सामान निकाल्न जल्दै घरेमा पसेपछि बाहिर निस्कन नसक्दा जलेर मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।