-बार्सिलोनामा जुलाई २२ मा भब्य सांगीतिक कार्यक्रम हुँदै

बार्सिलोनामा जुलाई २२ मा भब्य सांगीतिक कार्यक्रम हुँदै

Hollywood Khabar June 26,2019 Comments

बार्सिलोनाबाट

जुलाई २२, २०१९ मा स्पेनको बार्सिलोनामा सांगीतिक कार्यक्रम हुने भएको छ। उक्त सागेतिक कार्यक्रममा नेपालबाट प्रसिद्द लोक गायक सन्तु थापा आउने भएका छन्। गायक थापा लगायत स्पेनमा रहेका भएका थुप्रै कलाकारहरूको पनि बिशेष प्रस्तुती रहने कुरा कार्यक्रम संयोजक सन्त बहादुर क्षेत्रीले बताएका छन्।

कलाकार अजय लोप्चनको कमेडी नृत्य, लोक दोहोरी प्रतिष्ठान यूरोप शाखा अध्यक्ष सुमी घिमीरे सापकोटा, भुवन अक्षामी, अनुशा थापा लगायतको दोहोरी भिड्न्त, विनोद कटुवालको विशेष बाँसुरीको धुन, समी गुरूड, दिव्या भन्डारी, शिला केसी, ओजे़श लोप्चन तामाडं, ईश्वर ठकुरी लगायतका कलाकारहरूको वेजोड प्रस्तुतीहरू हुने भएको छ। साथै गलबन्दीका लोकप्रिय गायक प्रकाश सपुत पनि कार्यक्रममा आउन सक्ने कुरा बताइएको छ।

कार्यक्रममा मिडिया पार्टनरको रुपमा स्पेनमा रहेका अनलाईन मिडीयाहरू साथै अमेरिकाबाट संचालित हलिउडखबरलाई समावेश गरिएको छ। मिडियाहरुले लाइभ गर्ने समेत जनाइएको छ।

हाम्रो नेपाल हामी नेपाली नामबाट आयोजित उक्त कार्यक्रममा स्पेनमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरू, विभिन्न संघ संस्थामा आवद्द सबैमा उक्त दिनमा कार्यक्रम स्थलमा आएर भरपुर मनोरन्जन लिनुभई शोभा बढाईदिनु हुन आजोजकहरुले हार्दिक निमन्त्रणा गरेका छन्।

कार्यक्रमको विवरण

Calle sicilia 321 Barcelona, (Metro line 5 Verdaguer metro line 4 joanic)

Date 22 july 2019

Time 17.00 pm

Ticket 10 euro

Contact 0034 663385003, 0034 632071331